हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार, मुटु सेवा सञ्चालन गर्दै

3 मिनेट
भक्तपुर, १८ बैशाख : भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले जानकारी दिनुभयो ।
पुरानो भवन निकै साँघुरो भएपछि चारतले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ्ग र  पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा आउको छ । त्यसमाथि शल्इक्रियासहितको अत्याधुनिक प्रसूति वार्ड, १७ शैय्याको भेन्टिलेटरसहितको आइसियू, तीन वटा मोडुलर शल्यक्रिया कक्ष (ओटी)लगायतका सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
दैनिक ८०० भन्दा बढी बिरामीलाई सेवा दिदै आएको अस्पतालले भवन अभावका कारण प्रशासन र ओपिडि सेवा भने पुरानै भवनबाट सञ्चालन गरिरहेको छ ।
अस्पतालकी निर्देशक डा. गौतमले भन्नुभयो, “नयाँ भवन सञ्चालनमा ल्याएको छौँ, भवन अभाव कायमै छ, भवन अभाव हुँदा ०७२ सालको भूकम्पमा नयाँ ििनर्माण गर्नु पर्छ भनेर प्राबिधिकले भनेको पुरानै भवनमा अहिले पनि प्रशासन, मेडिकल वार्ड र ओपिडि सेवा सञ्चालन गरिरहेका छौँ, यो भवन पनि तत्काल निर्माण गर्नु आवश्यक छ ।”
ठेकेदारको लापर्वाहीले गर्दा विदेशी दाताले बनाइदिने भनेर बजेट विसिनयोजन गरिसकेको पुरानो भवन निर्माण अन्योलमा परेको छ । अस्पतालको नयाँ भवन निर्माण र पुरानो भवन पुर्ननिर्माणका लागि भन्दै बेलायत सरकारको करिब रु ३४ करोड सहयोगमा १५ अक्टुबर २०२२ सम्म निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने गरि भवन विभागले ठेक्का लगाएको नयाँ भवन निर्माण करिब दुई वर्ष ढिलाई गर्दा पुरानो भवन पुर्ननिर्माण अन्योलमा परेको छ । करिब २० करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्ँन भएपनि बाँकी बजेट पुरानो भवन पुर्ननिर्माणका लागि भनिएपनि नयाँ भवन निर्माणमा ठेकेदारले ढिलाई गर्दा पुरानो भवन पुननिर्माण हुनेमा अनिश्चितता छाएको छ ।
भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै ३०० शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा विस्तार गरेको निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।
अस्पतालको थप स्तरवृद्धि गर्दै शय्या विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा रु आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको छ । अस्पतालले रेक्टोफिटिङ्ग गरेको भवनमा भने २५ शेैय्याको एसडियुसहितको बच्चाको वार्ड, एनआईसियू, प्रसुति वार्ड र शलयक्रिया गरेका बिरामीको पोष्ट आफसञ्चालनमा ल्याएको छ ।
रिफर सेन्टरको रूपमा परिणत हुँदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा.गौतम निर्देशक भएर आएलगत्तै सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक ८०० बिरामीको चाप पुगेको छ । पन्ध्र शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारीकालमा तत्कालीन मेसु डा.गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो ।
अस्पतालले अब भक्रपुरका बिरामीलाई यहीबाट मुटु रोग र नशा रोृग सम्बन्धी उपचारसहितको सेवा दिन अन्यूरो र मुटु रोगको उपचार सेवा बिस्तार गर्ने तयारी गरेको छ । यसै आर्थिक वर्ष भित्र प्रदेश सरकारको सहयोगमा पाँच शैयाको डायलोसिस सेवा समेत अस्पतालले सुरु गर्न लागेको निर्देशक डा. गौतमले जानकारी दिनुभयो । हाल पनि मुटु र न्यूरो सेवाका लागि अस्पतालले पेइङ्ग क्लिनिक भने सञचालन भइरहेको छ ।
आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिँदा भक्तपुर अस्पताल साँघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।