हामीसँग जोडिनुहोस

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

1 मिनेट

१८ वैशाख,काठमाडौँ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उपकुलपतिका लागि सिफारिसमा परेका ३÷३ जना मध्ये १÷१ जनालाई नियुक्त गरेका हुन् ।

ीबहmष् कगलचष्कभ दबलप
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिले वैशाख १२ र १३ गते उम्मेदवारहरूको प्रस्तुति तथा अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो ।

त्यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनेको थियो । समितिले प्राडा गौतम सहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।