हामीसँग जोडिनुहोस

निर्वाचनको अवलोकनका लागि भाजपाले दियो नेपालका ५ दललाई निम्तो

1 मिनेट

काठमाडौं,१९ वैशाख।

भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि भारतीय जनता पार्टी भाजपाले १० देशका १८ वटा राजनीतिक दलहरुलाई निम्तो दिएको छ।

भाजपाका विदेश विभाग इन्चार्ज डा। बिजय चौथाइवालेले जारी गरेको विज्ञप्तीमा नेपालका पाँच दललाई निम्ता गरिएको उल्लेख गरिएको छ। भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको हो।

नेपालबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो आएको छ। सबै पार्टीहरुलाई आज बिजेपी मुख्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता हुनेछ। यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।