हामीसँग जोडिनुहोस

मजदुर दिवसको अवसरमा विभिन्न ट्रेड युनियन महासंघकोर्‍याली

1 मिनेट

१९ वैशाख, काठमाडौं । 

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्‍याली निकालेका छन्। मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन्। काठमाडौंको चर्को घाम र गर्मीका बीच पनि उनीहरूले श्रमिक दिवसलाई आफ्नो पर्वजस्तै प्यारो ठानेर र्‍याली निकालेका हुन्। उनीहरूले मजदुर एकता जिन्दावाद्, १३५औँ मई दिवस सफल पारौँ जस्ता नारा लगाएका छन्।

आठ घण्टा काम, ‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाउन थालिएको हो।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।