हामीसँग जोडिनुहोस

वैदेशिक सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी

1 मिनेट

वैशाख १९,काठमाडौं ।

नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धतामा २६।२ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको हो ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना ९साउनदेखि फागुनसम्म०को अवधिमा नेपालले एक खर्ब एक अर्ब २० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९र०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ४० प्रतिशत र ऋण सहायता ६० प्रतिशत रहेको छ । यस अवधिमा भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंकबाट ४७ प्रतशत रहेको छ ।

साथै, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायता क्षेत्रमा २१।५ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून सामाजिक क्षेत्रमा रहेको छ ।अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा २१।५ प्रतिशत बजेटरी सहायता, २०।८ प्रतिशत सहरी विकास, १४।४ प्रतिशत ग्रामीण विकास, १६ प्रतिशत स्वास्थ्य, आठ प्रतिशत शिक्षा, ३।४ प्रतिशत वातावरण, २।६ प्रतिशत कृषि, ०।५ प्रतशत सामाजिक र ११।६ प्रतिशत अन्य क्षेत्रमा रहेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।