हामीसँग जोडिनुहोस

भक्तपुरको चाँगुनारायणमा इनार खन्ने क्रममा निसासिँदा दुई जनाको मृत्यु

1 मिनेट

 भक्तपुर,१९ वैशाख।

भक्तपुरको चाँगुनारायणमा आज इनार खन्ने क्रममा ग्यास निस्किएर निसासिँदा दुई जनाको मृत्यु भएको छ। रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा जग्गा भाडामा लिएर टहरोमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उनका काका ४६ वर्षका दीपक सुनुवारको मृत्यु भएको हो।

जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै जग्गा भाडामा लिएर बसेका उनीहरू सोही जग्गामा इनार खन्न थालेका थिए।

इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएर अचेत अवस्थामा उद्धार गरिएका दुवैजनाको उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

दुवैजनालाई उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा  उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो।उक्त खबर प्राप्त हुनासाथ विपद् व्यवस्थापन महाशाखा, काठमाडौँबाट २५ जनासहित जिल्ला प्रहरी परिसर भक्तपुरबाट ३० जना र सशस्त्र प्रहरी बलबाट ९ जनाको टोली उद्धारमा खटिएको थियो।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।