काठमाडौँ,१९ वैशाख।
नेपाल क्रिकेट संघ क्यानले आज टी ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा रोहित पौडेल कप्तान‚ आशिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।
जेठ २० गते ९जुन २ तारिख० देखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।