हामीसँग जोडिनुहोस

आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै

1 मिनेट

२० वैशाख,काठमाडौँ ।

इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज एक खेल हुँदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ । त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

त्यसैगरी यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।