एजेन्सी, २० वैशाख ।
दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । दुर्घटनामादुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको एउटा लेनको १८ मिटरसम्मको भूभाग खसेको थियो ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार २० सवारी साधन तल झरेका थिए । घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।