काठमाडौँ,२० वैशाख ।
देशभरि डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहीवार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ।
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए।
कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। उनका अनुसार नेपालमा साधरणतया वर्षमा २ हजार ५ सयको हाराहारीमा डढेलाका घटना हुन्छन्।
प्राधिकरणका अनुसार बुधवार ३९ जिल्लाका १६५ स्थानमा डढेलो लागेको थियो।