रामेछाप,२१ वैशाख।
जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा गएराति एक महिलाको मृत्यु भएको छ।
घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घरमा भेट्दा रामेछाप नगरपालिका वडा नं ८ चौकिटारको ३२ बर्षकी रमिता तामाङ्गको जलेर मृत्यु भएको हो।
डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ।
रामेछापमा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ।