२१ वैशाख, हेटौंडा ।
बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटेको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राखेको सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।
प्रदेश सभामा निर्वाचन प्रक्रियाबाट सभापति चयन हुनेछ । सत्ता गठबन्धनले भने सर्वसम्मत तरिकाले चयन गर्न खोजेको छ ।जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन् ।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर मात्रै प्रदेशका पाँच वटा संसदीय समिति गठन भएको थियो ।