हामीसँग जोडिनुहोस

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो

1 मिनेट

काठमाडौं,२२ वैशाख।

वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए। कुशल मल्ल ३७ रनमा नटआउट रहे। बलिङतर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। वेस्ट इन्डिज ए का लागि एलिक एथेनाजेलेले सर्वाधिक ४२ रनको योगदान गरे।

यस्तै, कप्तान रोस्टन चेसले ३३, जोनसन चाल्र्सले २४ र म्याथ्यु फर्डेले २३ रनको बनाएका थिए। नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३(३ र अविनाश बोहराले १ विकेट लिए। पाँच खेलको सिरिजवेस्ट इन्डिज ‘ए’ले अन्तिम खेलअगावै जितिसकेको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।