हामीसँग जोडिनुहोस

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

1 मिनेट

काठमाडौं,२३ वैशाख।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनैपर्ने छ। अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्‍याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताइरहेको छ।

गठबन्धनले अन्तिम अवस्थासम्म राप्रपा पनि सरकारमा आएर बहुमत पुर्‍याउने सरकारका प्रवक्ता हरिबहादुर चुमानको भनाइ छ। राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ ९दीपक मनाङे०सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।