हामीसँग जोडिनुहोस

पहुँचका आधारमा पक्राउ परेका व्यक्तिले बहाना बनाएर अस्पताल भर्ना हुन नपाउने

1 मिनेट

काठमाडौं,२४ वैशाख।

पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पतालमा भर्ना हुन नपाइने भएको छ।

यसअघि उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानका लागि पक्राउ पर्नेवित्तिकै अस्पताल भर्ना भएर हिरासत छल्ने प्रवृत्ति देखिएपछि त्यसलाई रोक्न गृहमन्त्रालयले तीन बुँदे निर्देशन जारी गरेको हो।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाट प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा लैजाने निर्णय भएको छ।

अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्नेरनपर्ने सम्बन्धमा निर्णय गर्न सक्ने भट्टराईले जानकारी दिए।

अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा लिखित उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।