हामीसँग जोडिनुहोस

दक्षिण पेरुको पुनो क्षेत्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

1 मिनेट

एजेन्सी,२६ वैशाख ।

दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अनुसार दिउँसो करिब २ स्०० बजे दुर्घटना भएको सरकारी समाचार एजेन्सी एन्डिनाले जनाएको छ।

पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताउनुभयो। पीडितमध्ये छ महिनाको बच्चा पनि रहेको राष्ट्रिय प्रहरीले उद्धृत गरेको छ।

राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेहरूलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।