हामीसँग जोडिनुहोस

यू–१९ भलिबल च्याम्यिनसिप आयोजना हुँदै

1 मिनेट

काठमाडौं,२६ वैशाख।

नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

नेपाल भलिबल संघले सिनियरतर्फका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्दै आएको छ । जुनियरतर्फ हालसम्म कुनै पनि प्रतियोगिताको आयोजना र अन्तर्राष्ट्रिय सहभागिता भएको छैन । यस्तो अवस्थामा यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको आयोजना र यु–१९ राष्ट्रिय टिम छनोट गरी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागी सबै खेलाडी, अफिसियल, रेफ्रीहरुको यातायात, बसोबास, खाना, दैनिक भत्ता, नगद पुरस्कार, साउण्ड सिस्टम, एलइडी, अतिथि सत्कार र अन्य भैपरी आउने खर्च सहाना प्रधान प्रतिष्ठानले गर्ने भएको छ ।

यू–१९ महिला तथा पुरुष भलिबल टिमको सहभागिता, प्रतियोगिताको ब्रोडकास्टिङ, टिकट, मिडिया, आवश्यक खेल सामाग्री, भेन्यु व्यवस्थापन, यु–१९ महिला तथा पुरुष भलिबल टिमको छनोट, अन्य प्राविधिक सहयोगसँगै प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन संघले गर्ने छ ।

प्रतियोगितामा सातवटै प्रदेशबाट महिला तथा पुरुष भलिबल टिमको सहभागिता रहने जनाइएको छ । दुवै टिमतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका लागि ट्रफी र प्रमाणपत्रसँगै नगद पुरस्कार क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ दिइने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरुले दुवैतर्फ २५÷२५ हजार प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।