भक्तपुर, २६ बैशाख । यसवर्षको उत्कृष्ठ घोषणा भएको १२० वर्ष पुरानो भक्तपुर अस्पतालको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ । भक्तपुर अस्पतालले आज आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र बेलायती राजदूत रब फेनले संयुक्त रुपमा भवनको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भक्तपुर अस्पताललाई देशकै नमूना र उत्कृष्ट स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्ने बताउदै उहाँले उृपकरणले समेत सम्पन्न बनाउदै लैजाने बताउनुभयो । भक्तपुर अस्पतालको नवनिर्मित अप्रेशन थिएटरको समेत उद्घाटटन गर्दै उहाँले प्रदेश सरकारले प्रदेशको अरु अस्पतालको तुलनामा बढी बजेट विनियोजन गरेको गर्दै स्वास्थ्य हवको रुपमा बिकास गर्ने लक्ष्य लिएको बताउनुभयो ।
भौतिक रुपमा मात्रै नभई अस्पताललाई प्रबिधि, उपकरण र सेवा प्रवाह पनि उच्च गुणस्तरको हुनुपर्ने बताउदै एक साता अगाडि मात्रै सात वटै प्रदेशका अस्पताल मध्ये सरकारको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ अंक प्राप्त गरेर उत्कृष्ट हुन सफल भएकाले यो पहिचानलाई गुम्न नदिन अस्पताल लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बेलायती राजदूत रब फेनले बेलायत र नेपालको सम्बन्ध धेरै वर्षदेखि सुमधुर रहेको बताउदै बेलायतले नेपालको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोृग गर्दै आएको बताउनुभयो । भक्तपुर अस्पतालको नवनिर्मित भवन निर्माणमा पनि बेलायत सरकारले सहयोग गरेको स्मरण गर्दै उहाँले अस्पतालाई आवश्यक सहयोग थप गर्दै जान बेलायत सरकार तयार रहेको बताउनुभयो ।
भक्तपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रमण कायस्थले अस्पतालको सेवा गुणस्तरमा बृद्धि गर्दै लैजान सिंगो अस्पताल टिम लागिरहेको बताउदै बिरामीलाई गुनासो आउनै नदिने गरि काम गर्नु पर्ने बताउनुभयो ।
अस्पतालका निर्देशक डा. सुमित्रा गौतमले अस्पतालको इतिहास र वर्तमान अवस्थाबारे प्रस्तुती दिदै अस्पतालमा रिफरल सेन्टरको रुपमा परिणत अस्पताललाई लगातार तीन वर्षदेखि सिंगो अस्पतालको टिमले गरेको मिहेनतका आधारमा उत्कृष्ठ हुदै आएको बताउनुभयो ।
देशकै बीर अस्पताल पछिको दोश्रो पुरमानो अस्पताल भएपनि भधवन र प्रबिधि एवं उपकरणको दृष्टिकोणबाट अझै मजबुद बनाउदै लैजान सके भभक्तपुरबाट नभई पूर्व र देशका बिभिन्न जिल्लाबाट उपचारका लागि आएका विरामीलाई थप गुढास्रतीय र छिटो सेिवा दिन सकिने बताउनुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठ र राजदूत ले अस्पतालको अवलोकन गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु किरण थापा, सुरेश श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, धनेश्वरी प्रजापति, बागमती प्रदेशको मुख्यमन्त्रीको राजनैतिक सल्लाहकार डिवी ढकाल, प्रमूख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
बेलायत सरकारको करिब रु ३४ करोड सहयोगमा १५ अक्टुबर २०२२ सम्म निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने गरि भवन विभागले ठेक्का लगाएको नयाँ भवन निर्माण करिब दुई वर्ष ढिलाई गर्दै करिब २० करोडको लागतमा नयाँ भवन निर्माण सम्पन्ँन भएको हो । सहयोग बापतको करिब १२ करोड बाँकी रकमबाट सम्झौतामा उल्लेख भएअनुसारको अस्पतालको सबभन्दा पुरानो भवन निर्माण गर्न सरकार लाग्नु पर्ने कार्यक्रममा औल्याएको थियो ।
चारतले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ्ग र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा आएको छ । त्यसमाथि शल्यक्रियासहितको अत्याधुनिक प्रसूति वार्ड, १७ शैय्याको भेन्टिलेटरसहितको आइसियू, तीन वटा मोडुलर शल्यक्रिया कक्ष (ओटी)लगायतका सेवा सञ्चालनमा ल्याएको छ । दैनिक ८०० भन्दा बढी बिरामीलाई सेवा दिदै आएको अस्पतालले भवन अभावका कारण प्रशासन र ओपिडि सेवा भने भूकम्पले आंशिक क्षति पुर्याएको पुरानै भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।
विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट १५ शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारीकालमा तत्कालीन मेसु डा.गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो । प्रदेश सरकारले अहिले ३०० शय्यामा बिस्तार गर्ने घोषणा गरिसकेको छ ।
अस्पताको निर्देशक डा. गौतमले अब अस्पताल आउने बिरामीलाई यहीबाट मुटु रोग र नशा रोग सम्बन्धी उपचारसहितको सेवा दिन अन्यूरो र मुटु रोगको उपचार सेवा बिस्तार गर्ने तयारी गरेकोबताउनुभयो । यसै आर्थिक वर्ष भित्र प्रदेश सरकारको सहयोगमा पाँच शैयाको डायलोसिस सेवा समेत अस्पतालले सुरु गर्न लागेको निर्देशक डा. गौतमले जानकारी दिनुभयो । हाल पनि मुटु र न्यूरो सेवाका लागि अस्पतालले पेइङ्ग क्लिनिक भने सञचालन भइरहेको छ ।
आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले भक्तपुर अस्पतलकै जमिनमा अस्पताल सञ्चालन गरिरहेका छन् ।