हामीसँग जोडिनुहोस

गणतन्त्र दिवस मनाउन मूल समारोह समिति गठन

1 मिनेट

जेठ १, काठमाण्डौ ।

सरकारले गणतन्त्र दिवस मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको हो ।

समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाण्डौ महानगरका मेयर, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका मेयर, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्की अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायतका रहनुहुनेछ ।

सरकारले २०६५ साल जेठ १५ गते घोषणा भएको गणतन्त्र स्थापनाको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवम् रचनात्मक तरिकाले मनाउन निर्देशन दिनुभएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।