काठमाडौँ, जेठ १।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन्।
आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।उनले शिक्षामा भएको राजनीतिक हस्तक्षेप रोक्न दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गर्ने बताए।
यस्तै,सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका क्रममा घाइते तथा अपांगता भएकाहरूलाई जीवननिर्वाह भत्ता उपलब्ध गराउन शान्तिकोष स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो।