हामीसँग जोडिनुहोस

सरकारले आउँदो वर्ष पाँच हजार जनालाई रोजगारी दिने

1 मिनेट

जेठ १, काठमाण्डौ ।

सरकारले आउँदो दशकलाई सूचना प्रविधिको दशक बनाउँदै पाँच हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताउनुभयो । सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण गर्न आउँदो दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने उल्लेख छ ।

सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधिको हबको रूपमा विकास गरिने कुरा नीति तथा कार्यक्रममा छ । काठमाण्डौ उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने उल्लेख छ ।

यस्तै सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बौँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।