१ जेठ,काठमाडौँ ।
सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारसँग सम्बन्धित कानुनहरू परिमार्जन गर्ने बताएका हुन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सम्बद्ध कानुनमा परिमार्जन गरिने बताएका हुन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, लगायतका ऐन कानुनलाई समयानुकूल परिमार्जन गर्ने जनाएको हो ।
त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गर्दै आएको छ ।