१ जेठ,काठमाडौँ ।
सरकारले ४ वटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना सहित सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरे ।
आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथाशीघ्र सञ्चालन गरिने उल्लेख गर्दै राष्ट्रपतिले युएनमा प्रतिनिधित्व बढाउन कूटनीतिक पहल गरिने बताए ।
नेपाली सेनाले सञ्चालन गरिरहेको ‘बंकर देखी ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरिएको छ ।
यस्तै, सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ । दको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनल सहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।