हामीसँग जोडिनुहोस

सरकारको आम्दानी भन्दा दुई खर्ब रुपैयाँ बढी खर्च

1 मिनेट

काठमाडौं,२ जेठ।

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपैयाँ बढी खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपैयाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको हो। लक्ष्य अनुरूप राजस्व संकलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८।२ प्रतिशत मात्र आम्दानी भएको हो। आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ। जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपैयाँ आम्दानी भएको छ।

यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपैयाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।समीक्षा अवधिसम्म सरकारको पुँजीगत खर्च झन् खस्किएको देखिएको छ। गत आवको तुलनामा पुँजीगत खर्च नै घटाएको सरकारले समीक्षा अवधिसम्म लक्ष्यको ३७।०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ।

गत आवको चैतसम्म भने सरकारले एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थियो जुन लक्ष्यको ३३।०४ प्रतिशत हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।