हामीसँग जोडिनुहोस

क्रिकेटर सन्दीपको मुद्दामा आज पनि सुनुवाइ हुँदै

1 मिनेट

काठमाडौं,२ जेठ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बुधबार पनि सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गरे।

बुधबार बहसले निरन्तरता पाउने र अदालतले फैसला दिने एक कानून व्यवसायीले जानकारी दिए।

बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो। सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

यता न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ। दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।