हामीसँग जोडिनुहोस

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने

1 मिनेट

काठमाडौं,२ जेठ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो ।बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।

समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले आज प्रस्तुत गरेर बैठक समापन गर्ने सो पार्टीले जनाएको छ । ललितपुरको बालकुमारीमा जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूका सुझाव समेत समेटेर अन्तिम रूप दिइने छ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।