हामीसँग जोडिनुहोस

क्रिकेट टोलीका सदस्य ऐरी टी–२० अलराउन्डर वरीयताको शीर्ष १० नम्बरमा मा

1 मिनेट

जेठ २,काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० क्रिकेट विश्व वरीयताको अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा आइपुगेका हुन् । उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए ।

यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन् । यसैगरी करण केसी एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा उक्लिएका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् ।

टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औँ स्थानमा छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।