काठमाडौँ,२ जेठ।
नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। आज उच्च अदालत पाटनले उनी विरुद्धको बलात्कार मुद्दामा सफाइ दिएपछि क्यानले उनीमाथि लागेको निलम्बन फुकुवा गरेको हो।
उच्चको फैसला लगत्तै घरेलु तथा अन्तरराष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।