काठमाडौं,३ जेठ ।
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको छ। यसअघि आज बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक छलफलमा जुटेका दहहरूको आग्रहमा सारिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक सारिएको हो।