हामीसँग जोडिनुहोस

प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेलपछि प्रतिनिधिसभा बैठक स्थगित

0 मिनेट

काठमाडौँ,३ जेठ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसको अवरोधकैबीच सत्तारुढ दलले पेलेर जान खोजेपछि स्थिति असामान्य बनेको थियो।

कांग्रेस सांसदहरूको नाराबाजीकैबीच राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख देवराज घिमिरले धमाधम पढेर सुनाउन थालेपछि अन्य विपक्षी सांसदहरू पनि उभिएर विरोध गरेका थिए।

त्यहीबीचमा सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सांसदहरूबीच नै धकेलाधकेलको अवस्था सृजना भएको हो।

यसपछि सभामुखले हत्तपत्त बैठक भोलि ९शुक्रवार० विहान ११ बजे बस्नेगरी स्थगित गरे।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।