हामीसँग जोडिनुहोस

बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनको प्रक्रिया सुरु

1 मिनेट

काठमाडौं,४ जेठ।

बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । यसका लागि आज मनोनयन दर्ता हुने भएको छ । दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि नेतृत्व चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो ।निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार मतदान हुनेछ ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् ।

सबै समितिहरुको नेतृत्व चयन निर्वाचनमार्फत नै हुन लागेको हो । समिति बैठक अहिले ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।