
काठमाडौं,८ जेठ।
राप्रपाले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा प्रदर्शन गरेको छ। पार्टीले जनमत सिर्जना गर्न आज उपत्यका व्यापी सडकमा मोटर साइकल र्याली आयोजना गरि प्रदर्शन गरेको हो।
र्याली बबरमहलमा जम्मा भइ माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटी संगाहलय पुगेको थियो। नारायणहिटीको महेन्द्र सालिकमा पुगेर कोणसभा गरि समापन गरिएको थियो।