भक्तपुर, ९ जेठ । गैर सरकारी संस्था महासंघ नेपाल भक्तपुर जिल्ला शाखाको २० औ साधारण सभा तथा आर्ठौ अधिवेशनले पहिलो पटक महिला अध्यक्ष निर्वाचित गरेको छ । भक्तपुरको शंखधर पार्टी प्यालेसमा आयोजना भएको अधिवेशनले अनिता पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा पहलमान श्रेष्ठ, सचिवमा रमेश गिरी आशा, उपसचिवमा सीता अधिकारी उप्रेती, र कोषाध्यक्षमा शान्ता मैनाली चुँडाललाई निर्वाचित गरेको छ ।
अधिवेशनले संस्थाको सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, मनिषा कार्की, श्रीलक्ष्मी पंञ्च, राधेश्याम दुवाल, सुजन अधिकारी र साजन श्रेष्ठलाई निर्वाचित गरेको छ । तीन वर्षे कार्यकाल रहने कार्यसमितिले दुई जना मनोनित गरि १३ सदस्यीय कार्यसमिति निर्माण गर्ने भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा सिंगो टिमको साथ लिएर भक्तपुरलाई उत्कृष्ठ शाखाको रुपमा उभ्याउने बताउदै भक्तपुरमा दर्ता भएका तर हराएको संस्थाको खोजी गर्ने र भक्तपुरमा क्रियासिल संस्थाको एकताबद्ध बनाएर गैससको असिभयानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केन्द्रीय अध्यक्षद्धारा उद्घाटन :
अधिवेशनको गैरसरकारी संस्था महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुदवेदीले उद्घाटन गर्दै देशको आमूल परिवर्तनमा गैससको महत्वपूर्ण भूमिकालाई राज्यले उपेक्षा गरेको बताउदै संविधान प्रदत्त अधिकार प्राप्तीका लागि ऐन र नियम बनाउन अझै ढिलो गर्न नहशुने बताउनुभयो ।
कार्यक्रममा महासंघका महासचिव अर्जुन भट्टराईले स्थानीउय सरकारले स्थानीय गैसससंग हातेमालो गर्दै आफ्ना कार्यक्रमहरुलाई जनताको घरदैलोमा पुर्याउन भूमिका खेल्नु पर्ने औल्याउनुभयो । उहाँले संविधानमा संस्था गर्न पाइने व्यबस्था गरेका तर खारेज गर्ने व्यबस्था नगर्दा समस्या आएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समनवय समिति भक्तपुरका उपप्रमुख सुजिता बाडेले गैससहरुको उपिचत अनुगमन आवश्यक रहेको औल्याउदै गैससलाई स्थानीइउ सरकारको साथ र सहयोग आवश्यक रहेकोब ताउनुभयो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले भक्तपुरका १७०० गैरसरकारी संस्था दर्ता भएका तर यसवर्ष जम्मा २६ण् वटा संस्था मात्रै नविरकण भएइको बताउनुभयो । १५ सय संस्था कहा हराए भनेर खोज्नुु पर्ने बेला आउको बताउदै नविकरणका लागि क्रियासिल संघसंस्थालाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र भट्ट, गैसस महासंघ नेपालकी केन्द्रीय उपमहासचिव राजेन्द्र शर्मा, केन्द्रीय कोषाध्यक्ष नानूमैया थापा, गैसस महासंघ वागमति प्रदेश सचिव नरेश श्रेष्ठ, गैसस भक्तपुरका सल्लाहकार संयोजक बालमुकुन्द सुवाललगायतले गैसससंग हातेमालो गरेर देशको तीनवटै सरकार अगाडि बढ्न सके राज्य नपुगेको स्थानमा पनि गैसस पुगेर सरकारको काममा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गैसस भक्तपुरले प्रकाशित गरेको १०० पृष्ठको स्मारिक सुशासनको बिमोचन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभापति नारायणप्रसाद न्यौपानेले भक्तपुर गैससलाई तीन वर्षे कार्यकालमा बिभिन्न कार्यक्रमहरु गर्दै अगाडि बढाएको बताउदै गैससलाई पालिकाहरुले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव रमेश गिरीले सांगाडानिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष पहलमान श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उत्कृष्ठ संस्थालाई पुरस्कार :
गैरसरकारी संस्था महासंघ भक्तपुरले यसवर्षको उत्कृष्ठ गैससको घोषणा गर्दै डिभाइन युथ क्लबलाई नगद रु. १० हजार सहित सम्मान गरेको छ । देशभर बिभिन्न सामाजिक कार्य गर्दै आएको डिभाइन युथ क्लबलाई छनोट गरि संस्थामा नगद सहित सम्मान पत्र प्रदान गर्दै पुरस्कार प्रदान गरेको हो ।
गैसस भक्तपुरले यसअघि नगद १० हजारसहित मानव अधिकार तथा बिकास मञ्च, रुपान्तरण नेपाल, अभिभावक स्वाबलम्बन समुह, वातावरण संरक्षण मञ्च, मानव कल्याण समाज र सामुदायिक स्वास्थ्य केन्द्रलाई सम्मान गरिसकेको छ ।