हामीसँग जोडिनुहोस

सिद्धपोखरीमा खोज तथा उद्धार कार्य गर्दै ‘अभ्यास मनसुन ४’ सम्पन्न

3 मिनेट
भक्तपुर, २५ जेठ : पर्यटकीय नगरी एवं ऐतिहासिक भक्तपुरको सिद्धपोखरीमा मानिस डुब्न थाले, वरिपरिबाट मासिहरुश्रश्र चिच्याउन थाले । पल्लो कुनामा डुब्नै लागेको एउटा झुपडीबाट पनि बचाउ बचाउको आवाज आउन थाल्यो ।
त्यसको केही बेरमै उद्धारकमर्ताहरु पोखरीमा फाल हालेर डुबेकाहरुको गोताखोरले झै खोजी गर्न थाले । पोखरीको अर्को कुरनाबामट फसेकाहरुको उद्धार गर्न एक समुह र्याफ्टिङ बोटमा बसेर पुगे र उद्धार गरे ।
यो दृश्य हो भक्तपुरको सिद्धपोखरीमा आज देखिएको दृश्य । विगत तीनदिनदेखि सिद्ध पोखरीमा नेपाली सेनाको सूर्यविनायकस्थित श्री इन्द्रबक्स गणले आयोजना गरेको खोज तथा उद्धार तालिम अन्र्तगत ‘अभ्यास मनसुन ४’ को दृश्य हो ।
वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्न दक्ष जनशक्ति उत्पादन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय र सुरक्षा फौजको संयुक्त सहकार्यमा शुक्रबार भक्तपुरको सिद्धपोखरीमा जेठ २१ देखि २५ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन ४’ को समापन गरिएको छ ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यसवर्ष बाढी, पहरो, भुक्षय, डुबानलगायत जलजन्य प्रकोपको उच्च जोखिम रहेकाले खोज तथा उद्धारकर्ताहरु तयारी अबस्थामा रहनु पर्ने बताउनुभयो ।
उद्धारकर्ताको सीप, ज्ञान र कौशललाई स्थानीयतहसम्म पर्याउनु पर्ने बताउदै उहााले स्थानीय सरकारले आफ्नो लनगरको टोलटोलमा यस्ता जनशक्ति तयार पारेर राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा श्री १ नमबर बाहिनी अङ्डाका बाहिनीपति सहायक रथी धु्रवकुमार कार्कीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेनालगायतले पुर्याउने टेवालाई बिस्तार गर्न अभ्यास उपलब्धीमूलक रहेको बताउनुभयो ।
उहाँले विपदमा पहिला पुग्ने स्थानीइवासी र स्थानीय सरकारनै भएकाले उनीहरु जिम्मेवार बन्नु पर्ने र दक्ष जनशक्ति तयार पार्नु पर्ने बताउदै उहाँले विपदमा हुने जनधनको क्षति न्यूनिकरणमा सधै चनाखो भएर रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाईटी, आरएनए १६ ग्रुप लगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।