हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

1 मिनेट
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट काठमाडौँ, २८ जेठ ः भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्दै । तस्बिर ः प्रधानमन्त्री सचिवालय

काठमाडौं,२८ जेठ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता भएको छ। आज बिहान राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन पुगेका थिए।

भेटमा दुई देशको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आज बिहान चियापान कार्यक्रम आयोजना गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँदिल्ली गएका थिए।

प्रधानमन्त्रीको साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री प्रचण्ड आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।