हामीसँग जोडिनुहोस

परराष्ट्रमन्त्री श्रेष्ठ आगामी असार १० गते इरान जाने

1 मिनेट

काठमाडौँ,२९ जेठ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आगामी असार १० गते इरान जाने भएका छन् ।

एसियन को–अपरेसन डाइलग’को परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन उनी इरान जान लागेका हुन् ।

डाइलगमा ३५ देश सदस्य छन् । सम्मेलनका क्रममा श्रेष्ठले चिनियाँ र भारतीय समकक्षीसँग पनि भेटवार्ता गर्नेछन् । यसअघि उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमण गरिसकेका छन् ।

नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ । डाइलगले एसियाको गरीबी घटाउन र एसियाली जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग र सहकार्य गर्दै आएको छ ।

एसियाभित्रको व्यापार र वित्तीय बजार विस्तार गरी विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता बढाउन तथा विश्वसँग समानताका आधारमा अन्तर्क्रिया गर्न र पारस्परिक शान्ति र समृद्धिमा थप सकारात्मक योगदान दिन डाइलगले पहल गर्दै आएको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।