हामीसँग जोडिनुहोस

साताव्यापी युरोप भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

1 मिनेट

काडमाडौं,५ असार।

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन्।

राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई विमानस्थलमा प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मनी सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो।

त्यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते राष्ट्रपति पौडेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेल जेठ २९ गते साँझ काठमाडौंबाट जेनेभा प्रस्थान गरेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।