हामीसँग जोडिनुहोस

दूधको बक्यौता भुक्तानीको माग गर्दै किसानहरूद्धारा आज पनि प्रदर्शन

1 मिनेट

असार ६, काठमाण्डौ।

दूधको बक्यौता भुक्तानीको माग गर्दै किसानहरूले आज पनि प्रदर्शन गरेका छन् । उनीहरू लैनचौरमा रहेको दुग्ध विकास संस्थानको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

किसानहरूले हिजो पनि संस्थानको कार्यालय अगाडि प्रदर्शन गरेका थिए । हिजो बेलुकी कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

सरकारले सहमति गरे पनि सत महिनादेखि दूधको भुक्तानी नपाएको किसानको गुनासो छ । यसअघि दुई पटकसम्म आन्दोलन गरेर सहमति गरे पनि कार्यान्वयन नभएकोले फेरि आन्दोलन गर्नुपरेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताउनुभयो ।

दुग्ध किसानहरूको झन्डै साढे चार अर्ब बक्यौतामध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको झन्डै एक अर्ब २५ करोड रुपैयाँ छ । बाँकी निजी दुग्ध कम्पनी तथा डेरीहरूको हिस्सा रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

गएको वर्षको साउनदेखि दुग्ध किसानहरूको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झन्डै साढे दुई अर्ब रूपैयाँले घटेको हो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।