
एजेन्सी,१६ असार।
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी– ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्।
भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए।
छैटौं पटक टि ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ बनेपछि भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ। यो मेरो अन्तिम टी–ट्वान्टी विश्वकप हो।’
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी– ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए।