
काठमाडौं,२७ असार।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
प्रचण्डले भोलि असार २८ गते संसदबाट विश्वासको मत लिने कार्यसूची छ।
त्यस्तै, कांग्रेसले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।नेकपा एमालेले पनि हिजो नै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।
नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसकारण संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।