हामीसँग जोडिनुहोस

श्रमिकमाथि अन्याय गर्ने ५८४ मेनपावर व्यवसायीमाथि कारबाही

1 मिनेट

 २७ असार,काठमाडौँ

वैदेशिक रोजगार विभागले ५८४ मेनपावर कम्पनीमाथि कारबाही गरेको छ । विभागमा दर्ता भएका तर, ‘वैदेशिक रोजगार ऐन, २०६४’ विपरीत काम गर्दै आएका ती मेनपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।

त्यसरी कारबाहीमा परेकामध्ये केहीको कारोबार रोक्का गरिएको छ भने बाँकी सबै खारेज गरिएका हुन् । ‘वैदेशिक रोजगार ऐन, २०६४’ अनुसार स्वीकृति नलिइ कामदार पठाएको, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएको, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएको, लिखत वा प्रतिवेदन लुकाएको तथा हेरफेर गर्ने कम्पनीहरूमाथि कारबाही गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

अनुमतिबिना शाखा कार्यालय खोलेको, विज्ञापन प्रकाशन नगरेको, छनौट सूची प्रकाशन नगरेको, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका कम्पनीहरू समेत कारबाहीमा परेएको उनको भनाइ छ ।

विभागमा हाल एक हजार ६०४ मेनपावर कम्पनी दर्ता भएका छन् । तीमध्ये ९८२ कम्पनीमात्रै सक्रिय रहेको विभागले जनाएको छ । केहीको नवीकरण सकिएकाले तत्कालका लागि निष्क्रिय पारिएको विभागको भनाइ छ ।

कारबाहीका क्रममा खारेज गरिएका कतिपय मेनपावर कम्पनीको नाममा समेत पैसा उठाउने, वैदेशिक रोजगारी पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएपछि विभागले सूची नै सार्वजनिक गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।