
काठमाडौं, असार २९ ।
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा भने अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ ।