४ साउन,काठमाडौँ ।
कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बिच सिंहदरबारमा छलफल भएको छ । शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा छलफल भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले तीन दल कसरी मिलेर जाने भन्नेबारेमा बैठकमा सामान्य छलफल भएको बताए ।
यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको भन्दै यसको भण्डाफोर गरिने बताए । उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको जिकिर गरे ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका सभापति लामिछानेसहित दोस्रो तहका नेताहरू समेत सहभागी थिए ।