हामीसँग जोडिनुहोस

एमालेले बागमती प्रदेशका ६ जना मन्त्रीहरूको नाम टुङ्ग्यायो

1 मिनेट

०८ साउन,मकवानपुर ।

एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्ग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयको भागमा किरण थापा भक्तपुर, प्रकाश श्रेष्ठ काठमाडौँ, प्रेम भक्त महर्जन ललितपुर, सुकमाया तामाङ सिन्धुली, कृष्ण प्रसाद सिलवाल चितवन र अमन कुमार मास्के काठमाडौँ को नाम टुङ्ग्याएको हो । उनीहरूको मन्त्रालय भने टुङ्ग्याइएको छैन ।

प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

एमाले र कांग्रेसबिच बागमती प्रदेशको मन्त्रालयको भागबन्डामा पनि सहमति भएको छ । एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय लिनेगरी सहमति भएको हो ।

सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति बनेको हो । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको हो ।

एमालेले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्रीका दाबेदार लामाले बताए ।सहमति अनुसार एमाले र कांग्रेसले निर्धारित समय सीमाको सत्ता साझेदारी गरेका छन् । एमालेले केन्द्रको सहमति अनुसार सत्ता साझेदारी गर्ने र सरकार परिवर्तन पछि अहिलेकै अनुसारको मन्त्रालय लिने भएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।