हामीसँग जोडिनुहोस

दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटियो

0 मिनेट

९ साउन,काठमाडौँ ।

बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ ।

ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।

मन्त्रिपरिषद् बैठकले बुधबार साँझ प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । बुधबार पोखराका लागि उडेको सो जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।