हामीसँग जोडिनुहोस

३३ औँ संस्करणको ओलम्पिकको औपचारिक उद्धाटन आज पेरिसमा हुँदै

1 मिनेट

काठमाडौं, साउन ११ ।

विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ।साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन समारोह गर्ने तयारी गरेको छ।

विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्ने छ। फ्रान्सका राष्ट्रपति इमानुअल माकरनसमेत सुरुमा यस प्रकारको उद्घाटन समारोहमा विश्वस्त हुन सकेका थिएनन्। उद्घाटन समारोहमा खेलाडीले डुङ्गाबाट सेन नदी र पेरिसबिच दुरी तय गर्ने छन्।

यसबिच सहरका विभिन्न आकर्षक दृश्य देख्न सकिन्छ। सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको दाबेदारी जितेपछि नै प्रदूषित सेन नदीको सरसफाइ गरिएको थियो। सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ। सेन नदीमा सय वर्षपछि

प्रतियोगिता हुन लागेको हो। सन् १९२४ मा सेन नदी प्रदूषित भएपछि यहाँ प्रतियोगिता गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो। जुन यस वर्ष सकिएको हो।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन्। यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन। यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ। ब्रेकिङ खेलले ओलम्पिकमा नयाँ खेल हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।