हामीसँग जोडिनुहोस

पेरिस ओलम्पिकमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

1 मिनेट

ललितपुर,

पेरिस ओलम्पिकमा शनिबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। ३३ औँ गृष्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन भएको भोलिपल्ट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याटमिन्टनका प्रिन्स दाहालले प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडी इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन्। पुरुष एकलमा भिड्ने स्यान्टुको खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा साँझ साढे ७ बजे शुरु हुनेछ।

नेपाली टेबल टेनिसको इतिहासमा ओलम्पिक खेल्ने स्यान्टु पहिलो खेलाडी हुन्। उनले दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा स्थान बनाएका थिए।
छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

पेरिस ओलम्पिकको कठिन समूहमा परेका ब्याडमिन्टन खेलाडी प्रिन्सले भने शनिबार विश्व नम्बर दुई वरीयता तथा दुईपटकका विश्व च्याम्पियन डेनमार्कका भिक्टोर एक्सेलसनसँग प्रतिस्पर्धा गर्दैछन्। खेल राति पौने १ बजे शुरु हुनेछ।

खेल आगामी अगष्ट ४ सम्म सञ्चालन हुनेछ।

यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

ब्याडमिन्टन खेलाडी प्रिन्स समूह ‘पी मा परेका छन्। पुरुष सिंगलतर्फ ३६ देशका ४१ खेलाडीबीच १३ वटा समूहमा रहेर प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ।

प्रिन्सको दोस्रो वरियताका डेनमार्कका भिक्टोरसहित तीनपटक ओलम्पिक खेलिसकेका इजरायलका मिसा जिल्बरमन र आयरल्याण्डका नहत गुएनसँग प्रतिस्पर्धा हुनेछ।

सन् २०१२, २०१६ र २०२० को ओलम्पिक खेलेका मिसा युरोपियन च्याम्पियनसिपका पदकधारी हुन्। आइरिस गुएन पनि युरोपियन यू(१७ च्याम्पियनसिपका स्वर्ण विजेता हुन्।

राउणड रोबिनमा प्रतिस्पर्धा गरेपछि समूहका शीर्षस्थानमा रहने खेलाडी नकआउट पुग्नेछन्। प्रत्येक खेल ‘बेष्ट अफ थ्री’मा हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।