हामीसँग जोडिनुहोस

इजरायल नियन्त्रित गोलान हाइट्समा रकेट प्रहार, १२ जनाको मृत्यु

1 मिनेट

१४ श्रावण,काठमाडौं।

इजरायलले कब्जा गरेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ जना मारिएका छन् । मानिनेमा अधिकांश बालबालिका रहेका छन् । रकेट हमलामा मारिएका बालबालिका र युवाहरूको अन्त्येष्टिको लागि आइतवार हजारौं मानिसहरू भेला भएका थिए ।

गोलान हाइट्समा भएको आक्रमणको विश्व नेताहरूले चर्को आलोचना गरेका छन् । बालबालिका र युवाहरुको शव बोकेका ड्रुज समुदायका मानिसहरुले रुवाईले माहोल भावनात्मक बनाएको थियो ।

युद्ध रोक्न नसकेकोमा कतिपय मानिसहरु सरकार तथा मन्त्रिहरु माथि आक्रोश पोखिरहेका थिए । यसैबीच ह्वाइट हाउसले इरान समर्थित लडाकू समूह हिजबुल्लाहले सो हमला गरेको बताएको छ ।

इजरायलले पनि आक्रमणको आरोप हिजबुल्ला माथि नै लगाएको छ । हिजबुल्लाहले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ । विश्वका नेताहरूले आक्रमणको निन्दा गरेका छन् । र इजरायल र हिजबुल्लाहबीच अर्को युद्ध सुरु हुनसक्ने त्रास सर्वसाधारणमा छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।