काठमाडौं, ्साउन १४।
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयमा जल चढाउने र पूजा गर्नेहरूको घुइँचो लागेको छ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरू खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन् ।
साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।