हामीसँग जोडिनुहोस

उच्च र जिल्ला अदालतका ९१ जना न्यायाधीशहरुको सरुवा

1 मिनेट

५ साउन, काठमाडौं ।

न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए ।

उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ । उनी उच्च अदालत पाटनमा काजमा थिए ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ भने उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई भने उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।